आजबाट बिक्रीमा आयो अर्बको मेगा म्युचुअल फण्ड-१, कहिले सम्म दिन सकिन्छ आवेदन

शुक्रबार, ०४ भदौ २०७८, ०७ : ०८

काठमाडौं - मेगा क्यापिटलले आज भदौ ४ गतेदेखि  मेगा म्युचुअल फण्ड-१ को इकाई निष्कासन तथा बिक्री खुल्ला गरेको छ । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्री गरेको हो ।

 उक्त फण्ड १० वर्ष अवधि बन्दमुखी योजना हो । कुल इकाईमध्ये १५ प्रतिशत वा एक करोड ५० लाख इकाई कोष प्रवर्धक मेगा बैंकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई बिक्री गर्न लागेको हो । लगानीकर्ताले उक्त फण्डमा न्यूनतम १०० देखि एक करोड इकाईसम्म आवेदन दिन सक्नेछन्  ।

मेगा म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने उक्त फण्डको इकाईमा छिटोमा भदौ १० गतेसम्म र  ढिलोमा भदौ १८ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त फण्डको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो सेयर वेबसाइट  तथा एपबाट पनि आवेदन दिन सक्नेछन् ।  

शुक्रबार, ०४ भदौ २०७८, ०७ : ०८

प्रतिक्रिया