काठमाडौं, साताको पहिलो कारोबार दिन आज (आइतबारं) १२ बजेर ५९ मिनेट जाँदा शेयर बजार ५.०३ प्रतिशतले घटेपछि ४० मिनेटका लागि नकारात्मक सर्किट ब्रेक पनि लागेको थियो ।
आइतबार नेप्से परिसूचक १०८.२६ अंकले घटेर २८१८.७२ विन्दुमा पुगेको छ । नेप्से ३.७० प्रतिशतले घटेको हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि १९.७६ अंकले घटेर ५२२.०१ विन्दुमा झरेको छ ।
कूल २२३ वटा कम्पनीको २ करोड ३० लाख ७९ हजार ८ सय ३२ कित्ता सेयर खरिदबिक्री हुँदा ११ अर्ब २४ करोड ३ लाख ९१ हजार ४५ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
स्टकका अनुसार कारोबार भएका १३ उपसमूहमध्ये सबै उपसमूहको सेयर घटेको छ ।
नाफा कमाउनेमा म्युचुअल फण्ड र डिबेञ्चरसहित जम्मा १४ वटा कम्पनीहरू छन् । जसमध्ये, सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका लगानीकर्ताहरूले सर्वाधिक कमाएका छन् ।
आइतबार पनि अरूण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको नै सर्वाधिक कारोबार भएको छ । यता जानकी फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।
प्रतिक्रिया