२४ करोड बराबरको आईपीओ निष्काशन गर्दै मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर, बिक्री प्रबन्धक चयन

सोमबार, २१ भदौ २०७८, १५ : ३४

काठमाडौं - मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर लिमिटेडले प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले २४ करोड बराबरको २४ लाख कित्ता आईपीओ निष्काशन गर्ने भएको हो । 

कम्पनीले आफ्नो जारी पूँजी ८० करोडको ३० प्रतिशतले हुन आउने जम्मा रकम २४ करोड रुपैयाँ बराबरको जम्मा २४ लाख कित्ता शेयर सर्वसाधारणको निमित्त निष्काशन गर्ने भएको हो ।

जसका लागि कम्पनीले बि.ओ.के.क्यापिटल मार्केट लिमिटेडलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धक चयन गरेको छ । अब मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर लिमिटेडको शेयर रजिष्ट्रार सम्बन्धी सम्पूर्ण कार्यहरु समेत बि.ओ.के. क्यापिटल मार्केट लिमिटेड नै गर्ने भएको छ ।

सोमबार, २१ भदौ २०७८, १५ : ३४

प्रतिक्रिया