विनीयोजन विधेयक सभामुखद्वारा प्रमाणित, प्रमाणिकरणका लागि राष्ट्रपतिकहाँ

२ बर्ष अगाडि

संघीय संसदकाे दुवै सदनबाट पारित नियोजन विधेयक (बजेट) २०७८ प्रमाणिकरणका लागि राष्ट्रपतिकहाँ पठाइएको छ । 

बिहीबार राष्ट्रियसभाबाट बहुमतले पारित भई सन्देशसहित प्रतिनिधिसभामा पठाएको विधेयक सभामुख अग्नि प्रसाद सापकोटाले प्रमाणित गरी राष्ट्रपतिकहाँ पठाएका हुन् । 

प्रतिनिधि सभाको असोज ४ गतेको बैठकबाट पारित भइ सोहि दिन राष्ट्रिय सभामा पठाइएको विनियोजन विधेयक आज बसेको राष्ट्रिय सभाको बैठकले पारित गरेको थियो । 

विनियोजन विधेयक पारित भई प्रमाणीकरण भएपछिमात्रै सरकारलाई बजेट खर्च गर्न सक्ने बाटो खुल्नेछ ।

प्रतिनिधि सभामा एमाले अबरोधका कारण समयमै विनीयोजन विधेयक पारित नहुँदा अहिले सरकारले बजेट खर्च गर्न नसक्ने ‘गभर्मेन्ट सटडाउन’को अबस्था छ । 
 

२ बर्ष अगाडि

प्रतिक्रिया