सान्जेन जलविद्युतले स्थानियहरुको लागि आईपीओ जारी गर्दै, कित्ता कति ?

२ बर्ष अगाडि

काठमाडौं, सान्जेन जलविद्युत कम्पनीले आयोजना प्रभावित रसुवा जिल्लाका स्थानियहरुको लागि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणलाई निष्काशन गरेको साढे दुई वर्षपछि बल्ल आयोजना प्रभावित स्थानियको लागि शेयर निष्काशन गर्ने भएको हो ।

कम्पनीले स्थानियको लागि आईपीओ निष्काशन गर्न अनुमति माग्दै मंसिर २० नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । बोर्डबाट अनुमति पाएपछि कम्पनीले आयोजना प्रभावित स्थानियको लागि आईपीओ निष्काशन गर्नेछ ।

कम्पनीले जारी पूँजी ३ अर्ब ६५ करोडको १५ प्रतिशत अर्थात ५४ करोड ७५ लाख रूपैयाँ बराबरको ५४ लाख ७५ हजार कित्ता शेयर सर्वसाधारणको लागि निष्काशन गरिसकेको छ भने आयोजना प्रभावित रसुवा जिल्लाका स्थानीय बासिन्दाको लागि जारी पूँजीको १० प्रतिशत अर्थात ३६ करोड ५० लाख रुपैयाँ बराबरको ३६ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्नेछ ।

आयोजना प्रभावित रसुवा जिल्लाका स्थानियलाई आईपीओ निष्काशन पछि कम्पनीको चुक्ता पूँजी ३ अर्ब ६५ करोड रुपैयाँ पुग्नेछ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकको काम नागरिक लगानी कोषले गर्नेछ ।
 

२ बर्ष अगाडि

प्रतिक्रिया