फोनिजको अध्यक्षतामा गजुरधन राई

२ बर्ष अगाडि

काठमाडौं - नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) को सातौं संघीय महाधिवेशनबाट वरिष्ठ पत्रकार गजुरधन राईको अध्यक्षतामा ४७ सदस्यीय नयाँ कार्य समिति चयन भएको छ ।

चितवनको सौराहामा चैत ६–८ मा सम्पन्न महाधिवेशनले अध्यक्षमा राईलाई सर्वसम्मत चयन भएका हुन् । त्यस्तै, वरिष्ठ उपाध्यक्षमा गोरखापत्रका पत्रकार लक्की चौधरी सर्वसम्मत निर्वाचित भएका छन् । 

सोहीअनुसार खुला उपाध्यक्षमा पत्रकार अमरध्वज लामा निर्वाचित भए । त्यस्तै, संस्थागत उपाध्यक्षमा जगत दोङ, महिला उपाध्यक्षमा सरु रानामगर, अल्पसंख्यक उपाध्यक्षमा कमन देवान, महासचिवमा मिलन लिम्बु सर्वसम्मत चयन भएका छन् ।

महाधिवेशनबाट समीर बलामी, बुद्धवीर बाहिङ राई, विश्वराज तामाङ, महिला सचिवमा अन्जना शिल्पकार, संस्थागत सचिवमा छेटु शेर्पा, अल्पसंख्यक सचिवमा यमन दनुवार निर्वाचित भएका छन् । सोहीअनुसार कोषाध्यक्षमा लाला गुरुङ र सहकोषाध्यक्षमा सन्जु ब्लोन सर्वसम्मत चयन भएका छन् ।

त्यस्तै, प्रदेश १ को इन्चर्जमा भक्तसेर लिम्बु, मधेस प्रदेश इन्चार्जमा निरज पिठाकोटे, बागमति पदेश इन्चार्जमा पेमा लामा, लुम्बिनी प्रदेश इन्चार्जमा मिलन गाहा, कर्णाली पदेश इन्चार्जमा बुद्धिमान पुनमगर, सुदूरपश्चिम इन्चार्जमा भीमबहादुर चौधरी चयन भएका छन् ।

सोहीअनुसार संस्थागत सदस्यहरुमा देवेन्द्र खापुङ (लिम्बु पत्रकार), निम्लेकी शेर्पा (शेपा पत्रकार), सुनिल महर्जन (नेवा दवु), सन्तकुमार चौधरी (थारु पत्रकार संघ), चित्रबहादुर गुरुङ (गुरुङ पत्रकार), नेत्र तामाङ (तामाङ पत्रकार), पकाश राई (राई पत्रकार) निर्वाचित भएका छन् ।

त्यस्तै, खुला सदस्यतर्फ हर्कबकादुर घर्तीमगर, बुद्ध योन्जन लामा, लोकेश लिवाङ, गजेन्द्र राई, कमलसिंह थारु, सुनिता महर्जन, स्मृति रोकामगर, रचना श्रेष्ठ, सुजता लिङलेकु लिम्बु, मञ्जृुकुमारी श्रेष्ठ, विना राई, रोशनी कँवर, उद्धव चेपाङ (अल्पसंख्यक), विदुर खवास (अल्पसंख्यक) तर्फ निर्वाचित भएका छन् ।

त्यस्तै, लेखा समिति संयोजकमा चन्द्र पन्दाक लिम्बु र सदस्यमा उर्मिला गम्वा थारु र भकेन्द लावती निर्वाचित भएका छन् । २०५६ सालमा स्थापित फोनिजको अहिले देशभर ६० जिल्लामा शाखा, ८ वटा जातीय पत्रकार संघ, ८ वटा विदेश शाखामा करिब ५ हजार पत्रकार आपद्ध रहेका छन् । 

२ बर्ष अगाडि

प्रतिक्रिया