जेठ महिनाको लागि विकास बैकले  व्याज दर वृद्धि गर्ने

१ बर्ष अगाडि

काठमाडौं- जेठ १ देखि लागू हुने गरी विकास बैंकहरुले व्याज दर वृद्धि गर्ने भएका छन् ।
 
विकास बैंक संघको बसेको कार्यसमिति बैठकले व्यक्तिगत मुद्दती निक्षेपमा १२ प्रतिशतसम्म व्याज दिने सहमति गरेका हुन।

यसअघि वाणिज्य बैंकका सीइओहरुको संगठन नेपाल बैकर्स एसोसिएसनले भने जेठ महिनाको लागि व्याज दर नबढाउने सहमति गरेका थिए । केही दिन अगाडि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले एक सार्वजनिक कार्यक्रममा अझै व्याज दर वृद्धि हुनसक्ने बताएका थिए ।

१ बर्ष अगाडि

प्रतिक्रिया