नबिल बैंकसँगको मर्जर प्रक्रिया हाललाई अगाडि नबढाउन नेपाल बंगलादेशलाई सर्वोच्चको आदेश, मंगलबारदेखि कारोबारमा

१ बर्ष अगाडि

काठमाडौं, नबिल बैंकसंग मर्जर प्रक्रियामा रहेको नेपाल बंगलादेश बैंकका लगानीकर्ताले आउँदो मंगलबारदेखि शेयर कारोबार गर्न पाउने भएका छन्।

सर्वोच्च अदालतले बिहीबार  बैंकलाई नबिल बैंकसँगको मर्जर प्रक्रिया हाललाई अगाडि नबढाउन अल्पकालीन अन्तरिम आदेश दिएको छ। सर्वोच्चको आदेशसँगै अब बंगलादेश बैंकका लगानीकर्ताले शेयर कारोबार गर्न पाउने भएका हुन्। मर्जर प्रक्रिया नै रोकिएपछि नेप्सेले बंगलादेश बैंकको शेयर कोरोबार रोक्का राख्न नमिल्ने स्रोत बताएको छ।

नबिलसँग प्राप्तिमा जाने सम्झौता गरेसँगै बंगलादेश बैंकको शेयर कारोबार गत फागुन २९ गतेदेखि रोक्का गरिएको छ। 

सर्वोच्चमा परेको रिटमा नेपाल स्टक एक्सचेन्ज ९नेप्से०लाई निर्देशन दिँदै तत्काललाई मर्जर प्रक्रिया स्थगित गर्न भनिएको छ। 

नेप्सेका एक अधिकारीले भने मर्जर प्रक्रिया रोक्न सर्वोच्च अदालतले आदेश दिए पनि एनबी बैंकको सेयर कारोबार खुला हुने वा नहुने विषयमा मंगलबारमात्रै टुंगो लाग्ने बताए। ‘सोमबारसम्म बिदा छ, अहिले नै के हुन्छ भनेर यकिनका साथ भन्न सकिने अवस्था छैन’।

१ बर्ष अगाडि

प्रतिक्रिया