चीनियाँ सरकारी निर्जीवन बीमा कम्पनीका पूर्व अध्यक्षमाथि भ्रष्टाचारको अनुसन्धान गर्ने घोषणा

१ बर्ष अगाडि

एजेन्सी - चीनको अनुशासन निरीक्षणका लागि केन्द्रीय आयोग र राज्य सुपरिवेक्षण आयोगले चाइना कन्टिनेन्ट प्रोपर्टी एन्ड क्याजुअल इन्स्योरेन्सका अध्यक्ष चेन योङको भ्रष्टाचार अनुसन्धान गर्ने घोषणा गरेका छन् ।

५८ वर्षिय चेनले बीमा क्षेत्रमा धेरै वर्षदेखि विभिन्न बीमा कम्पनीमा काम गरेका छन् । २०१४ मा, उनलाई चाइना कन्टिनेन्टको युनान शाखाको महाप्रबन्धकको पदबाट पद्दोन्नति गरिएको थियो । यो कम्पनीको मुख्यालय संघाईमा रहेको छ । 

उनले चाइना कन्टिनेन्टमा विभिन्न पदमा रहेर जिम्मेवारी सम्हालेका थिए । उपपार्टी सचिव, निर्देशक, उपराष्ट्रपति र अध्यक्ष रहेका थिए ।

जनवरी २०१७ मा उनी बीमा कम्पनीको उपाध्यक्ष रहेका थिए । मार्च २०२१ मा, उनी चीन कन्टिनेन्टको उपाध्यक्षको रूपमा आफ्नो पद कायम रहदैं चाइना पूनर्बीमा समूहमा सरुवा गरिएका थिए ।
 

१ बर्ष अगाडि

प्रतिक्रिया