आज पनि हुन सकेन नबिल बैंक र नेपाल बंगलादेश बैंकबीचको मर्जर रोक्न परेको रिटको सुनवाई

मंगलबार, ०३ जेठ २०७९, १५ : ४३

नबिल बैंक र नेपाल बंगलादेश बैंकबीचको मर्जर रोक्न परेको रिटको सुनवाई मंगलबार हुन सकेन।

कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासमा तोकिएको सुनुवाई उक्त रिटमा बहस गर्ने वकिल उपस्थित नहुदाँ बुधबारको लागि सरेको छ।

सर्बोच्च अदालतका न्यायधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलाशले तत्काललाई मर्जर रोक्न आदेश दिएको थियो। मंगलबारका लागि संयुक्त इजलाश डाकिएको थियो। तर उक्त इजलास बुधबारको लागि सरेको छ। सो इजलाशले अन्तरिम आदेश दिएमा दुई बैंकको मर्जर प्रकृया रोकिने छ।

नेपाल पावर डेभलपमेण्ट एण्ड ईन्भेष्टमेन्ट कम्पनी प्रालिले हालेको उत्प्रेषणको मुद्दामा सुनुवाई गर्दै मर्जर एक्विजेशन प्रक्रिया रोक्न अल्पकालीन अन्तरिम आदेश जारी भएको हो। आज अल्पकालिन आदेशलाई निरन्तरता दिने वा नदिने भन्ने विषयमा जवाफ दिन बोलाएको हो। 

मंगलबार, ०३ जेठ २०७९, १५ : ४३

प्रतिक्रिया