नेशनल लाइफद्वारा एमडीआरटीका विजेता अभिकर्ता सम्मानित

आइतबार, २२ जेठ २०७९, १५ : १३

काठमाडौं- नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले एमडीआरटीका विजेता अभिकर्तालाई सम्मान गरेको छ।

झापाको बिर्तामोडमा शनिबार सम्पन्न एमडीआरटी सम्मान तथा तालिम कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले विजेता अभिकर्तालाई खादा, माला, ब्लेजर कोट र सम्मानपत्रबाट सम्मान गरेका हुन्। 

भारतका वरिष्ठ प्रशिक्षक प्रभु देसाईले कार्यक्रममा उपस्थित करिब १५० जना विजेता अभिकर्तालाई एमडीआरटी, सीओटी, टीओटीजस्ता उत्कृष्ट टाइटल कसरी हासिल गर्न सकिन्छ भन्नेबारेमा प्रशिक्षण दिएका थिए। 

अमेरिकामा केन्द्रीय कार्यालय रहेको अभिकर्ताहरुको प्रतिष्ठित संस्था मिलियन डलर राउन्ड टेबल (एमडीआरटी)मा नेशनल लाइपबाट ४ जना सीओटीसहित १५७ जना अभिकर्ता एमडीआरटीका लागि योग्य भएका थिए।

 

आइतबार, २२ जेठ २०७९, १५ : १३

प्रतिक्रिया