आज यी कम्पनीहरुले गरे धेरै कारोबार

१ बर्ष अगाडि

काठमाडौं - सेयर बजार बुधबार दोहोरो अंकले उकालो लागेको छ ।

बजार आज १३.३३ अंकले उकालो लागेको हो । योसँगै नेप्से परिसूचक २०४३.९२ को विन्दुमा उक्लिएको छ । राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १.६८ अंकले बढेर ३८८.९१ को विन्दुमा उक्लिएको छ । आज २ अर्ब रुपैयाँ बढीको कारोबार भएको छ ।

आज नेप्सेमा सूचीकृतमध्ये २२८ कम्पनीका ६२ लाख ६३ हजार ३१० कित्ता सेयर २ अर्ब १७ करोड ८६ लाख ५५ हजार ७०१ रुपैयाँमा किनबेच भएका छन् । यस्तै यो दिन गोर्खाज फाइनान्सको सर्वाधिक ११ करोड ७२ लाख रुपैयाँ बढीको कारोबार भएको छ । 

लाइफ इन्स्योरेन्स कर्पोरेसनको ११ करोड ५३ लाख रुपैयाँबराबरको कारोबार भएको आज सिभिल बैंकको १० करोड ५४ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको ९ करोड २६ लाख रुपैयाँ, अप्पर तामाकोशीको ८ करोड ६९ लाख रुपैयाँ, शिवम सिमेन्टको ७ करोड ७४ लाख रुपैयाँ, अरुण काबेली पावरको ६ करोड ३० लाख रुपैयाँ, ङादी ग्रुप पावरको ५ करोड ३२ लाख रुपैयाँ, एसिएन लाइफ इन्स्योरेन्सको ५ करोड ९ लाख रुपैयाँ र नबिल बैंकको ४ करोड ९५ लाख रुपैयाँ बढीको कारोबार भएको छ ।

१ बर्ष अगाडि

प्रतिक्रिया