गिरफ्ता भएका कार्यकर्तालाई तुरून्तै रिहा गर्न माग गर्दे विवेकशील साझाले दियो सरकारलाई यस्तो चुनौती

बुधबार, ०८ फागुन २०७५, १४ : ०७

काठमाडौँ – विवेकशील साझा पार्टीले अख्तियार दुरूपयोग अनुषन्धान आयोगबाहिरबाट पक्राउ परेका कार्यकर्तालाई तुरुन्त रिहा गर्न माग गरेको छ । 
आज विवेकशील पार्टीले एक विज्ञप्ति निकाल्दै  पार्टीले आयोजना गरेको विरोध प्रदर्शनमा भएको प्रहरी धरपकड तथा गिरफ्तारीको पार्टी घोर भत्सर्ना गर्दे आफ्ना कार्यकर्तालाई तुरुन्त रिहा गर्न माग गरेको छ ।

विवेकशीलले शान्तिपुर्ण ढङ्गबाट गरिएको प्रदर्शन समेत दबाउन खोज्नुले यो सरकार तानाशाही बन्दै गइरहेको आरोप लगाएको छ । साथै, विवेकशील साझाले सरकारको यस्तो रवैयालाई शान्ति भन्दा हिंसा र सदाचारभन्दा भ्रष्टाचार बुझ्ने नेतृत्वको रूपमा लिएको जनाएको छ ।

विवेकशील साझा पार्टीले  भष्टाचार विरोधी अभियानको यो शुरूवात मात्र भएको बताएको छ । साझाले यो शुरुवात मात्र भएको भन्दै आउदो  मंगलबार, फागुन १४ गते विहान ११ बजे विवेकशील साझा पार्टीले अख्तियारको अगाडि पुन शान्तपुर्ण प्रदर्शन गर्दै अख्तियारका प्रमुख आयुक्तलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको विज्ञप्तिमा जनाएको छ ।

विवेकशील पार्टीका प्रवक्ता डा सूर्यराज आचार्यले जारी गरेको विज्ञप्तिमा पार्टीका ३० जनाभन्दा बढी प्रदर्शनकारीहरू गिरफ्तार भएको जनाएको छ । विवेकशील साझा पार्टीले “अख्तियारस् सानो माछामात्र होइन, ठूलो पनि समाउ” भन्दै सांकेतिकरूपमा ठूलो माछा बनाएर प्रदर्शन गरेको थियो । 

 

बुधबार, ०८ फागुन २०७५, १४ : ०७

प्रतिक्रिया