काठमाडौँ – गृहमन्त्री रामबहादुर थापा 'बादल'ले सुन तस्करीको जालो ध्वस्त पार्न राज्य सफल भएको दाबी गरेका छन्।
विभिन्न समयमा राष्ट्रियसभामा उठेका प्रश्नहरुको जवाफ दिँदै बुधबारको बैठकमा गृहमन्त्री थापाले भने– सुन तस्करीको सञ्जाललाई राज्यले ध्वस्त पार्न सफल भएको छ। र, यससित सम्बन्धित जो माछा (अपराधी) हरु हुन्, उनीहरुलाई कानुनको कठघरामा ल्याइएको छ। ‘तस्करले नयाँ बाटो, नयाँ उपाय अवलम्बन गरेर छिटपुट रुपमा सुन तस्करी भइरहेको छ’ मन्त्री थापाले भने ‘नयाँ सञ्जाल, नयाँ रुटलाई पनि ध्वस्त पार्ने कुरामा सरकार लागिरहेको छ । ती पनि ध्वस्त नै हुनेछन् ।’
थापाले यो प्रकरण अहिले त्यो अदालतमा पुगेको भन्दै अदालतले ती अपराधीलाई दण्ड दिने छ भन्ने विश्वास व्यक्त गरे।
त्यस्तै, गृहमन्त्री थापाले सिन्डिकेटको अन्त्य भइसकेको दाबी गरे। कानुनी रुपमा सिन्डिकेट फेरि फर्केर आउने सम्भावना छैनु, उनले भने, राज्यले सबै प्रकारका सिन्डिकेटहरु अन्त्य नीति पनि लिएको छ।
प्रतिक्रिया