भ्रष्टाचारमा मुछिएका समाज कल्याण परिषद्का पदाधिकारी निलम्बनमा

विहीबार, ०९ फागुन २०७५, १३ : ५९

काठमाडौँ – भ्रष्टाचार,अनियमितता र पदीय दुरुपयोग गरेको आरोपमा सरकारले समाज कल्याण परिषद्का पदाधिकारीहरुलाई निलम्बन गरेको छ । 

सरकारले समाज कल्याण परिषदका उपाध्यक्ष निलमणि बराल, कोषाध्यक्ष वीरबहादुर ठगुन्ना र सदस्यहरु राजेन्द्र कुमार पौडेल, डिल्ली प्रसाद भट्ट र गोकर्ण भट्टलाई निलम्बन गरेको हो ।

सरकारले गरेका निर्णयहरुको जानकारी दिन आज आयोजित नियमित पत्रकार भेटघाटमा सरकारका प्रवक्ता तथा सूचना एवं सञ्चार राज्यमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिएका हुन् ।

उनीहरुमाथि थप छानबिन र कानूनी कारवाहीका लागि फाइल अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाइएको जानकारी पनि प्रवक्ता वाँस्कोटाले दिएका छन् ।

विहीबार, ०९ फागुन २०७५, १३ : ५९

प्रतिक्रिया