शेयरबजारमा दोहोरो अंकको गिरावट

१ बर्ष अगाडि

काठमाडौं-  साताको पहिलो दिन शेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से सूचक १४.६८ अंकले घटेर २१६८ को विन्दुमा कायम भएको छ ।

नेप्सेसँगै आज कारोबार रकम समेत घट्न पुगेको छ । नेप्सेमा सूचीकृत २६७ कम्पनीको ८२ लाख ७६ हजार ७५१ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब १ करोड ७० लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

नेप्सेमा रहेका १३ सूचकमध्ये आज होटल तथा पर्यटन र जीवन बीमा सूचकमा हरियाली छाएको छ भने बाँकी ११ सूचक राताम्य भएका छन् । सर्वाधिक आज फाइनान्स सूचक २।०४ प्रतिशतले घटेको छ ।

१ बर्ष अगाडि

प्रतिक्रिया