नेप्सेमा थप ७६ लाख ३७ हजार कित्ता बोनस शेयर सूचीकृत

१ बर्ष अगाडि

काठमाडौं-  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा थप एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । मुक्तिनाथ विकास बैंकको साधारण सभाबाट पारित भएको १३.५० प्रतिशत बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो ।

बैंकको गत आर्थिक वर्ष २०७८\७९ को मुनाफाबाट शेयरधनीहरुलाई प्रस्ताव गरेको १३.५० प्रतिशत दरका कुल ७६ लाख ३७ हजार १९४ कित्ता बोनस शेयर सूचीकृत भएको हो । सूचीकृतपश्चात् उक्त शेयर सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि शेयरधनीहरुले कारोबार गर्न पाउनेछन् ।

१ बर्ष अगाडि

प्रतिक्रिया