आइपीओ बाँडफाँड सम्पन्न

१ बर्ष अगाडि

काठमाडौँ -  सगरमाथा जलविद्युत कम्पनीको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । कम्पनीको आइपीओ आज बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडको कार्यालयमा बाँडफाँड भएको हो ।

क्यापिटलका अनुसार कम्पनीको आईपिओमा कुल १४ लाख ४४ हजार ९७८ जनाको आवेदन परेको थियो । जस मध्ये ५१ हजार ८२५ जनाको आवेदन रद्द भई योग्य आवेदकको संख्या १३ लाख ९३ हजार १५३ कायम भएको क्यापिटलले जनाएको छ ।

मागभन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट शेयर निष्काशन गरिएको छ । गोलाप्रथाबाट ३ लाख ५८ हजार १ सय ७६ जनाले १० कित्ताको दरले शेयर पाएका छन् । बाँकि आवेदक भने हात खाली भएका छन् ।

१ बर्ष अगाडि

प्रतिक्रिया