बैदेशिक रोजगार विभागका नायब सुब्बा ६० हजार घुससहित रंगेहात पक्राउ

शुक्रबार, ०८ चैत्र २०७५, १२ : २७

काठमाडौँ – बैदेशिक रोजगार विभाग काठमाडौका नायव सुब्बालाई घुस लिदै गरेको समयमा रंगेहात पक्राउ गरेको छ । 

घुस लिदै गरेको समयमा बैदेशिक रोजगार विभाग काठमाडौंका नायव सुब्बा रामकुमार फुयाँललाई अख्तिायारले ६० हजार घुससहित रंगेहात पक्राउ गरेको हो । 

आज अख्तियार प्रमुखका प्रवक्ता प्रदिपकुमार कोइरालाले एक विज्ञप्ति जारी गर्दे भनेका छन् फुयाँलले बैदेशिक रोजगारको लेनदेनको कागजमा साक्षी बसेका सेवाग्राहीलाई निज विरूद्ध उजुरी परेको र निजको नाममा पक्राउ पुर्जी जारी गरिदिन्छु भनी पटक पटक कार्यालयमा बोलाई डरधम्की देखाई सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, टङ्गालबाट खटिई गएको टोलीले निज नायब सुब्बा रामकुमार फुयाँलले सेवाग्राहीसँग रू ६०,०००।– (साठी हजार) घुसबापतको रकम लिई जिल्ला काठमाडौं जोरपाटी चोकमा फलफूल पसल गर्ने धुर्व खड्कालाई राख्न दिई केही समय पश्चात निज धुर्व खड्कासँग उक्त घुस बापतको रकम लिदै गर्दाको अवस्थामा निजहरू नायब सुब्बा रामकुमार फुयाँल र फलफुल व्यवसायी धुर्व खड्कालाई जिल्ला काठमाडौं गोकर्णेश्वर नगरपालिका वडा नं.९५ जोरपाटी चोक स्थित सापकोटा मिठाई भण्डारबाट मिति २०७५।१२।०७ गते बेलुकी १८:४५ बजेको समयमा नियन्त्रणमा लिई अनुसन्धान कार्य भइरहेको छ ।

विज्ञप्ति:- मिति २०७५।१२।०८ गते

घुस रकम सहित नियन्त्रणमा लिइएको

बैदेशिक रोजगार विभाग, काठमाडौंका नायव सुब्बा रामकुमार फुयाँलले बैदेशिक रोजगारको लेनदेनको कागजमा साक्षी बसेका सेवाग्राहीलाई निज विरूद्ध उजुरी परेको र निजको नाममा पक्राउ पुर्जी जारी गरिदिन्छु भनी पटक पटक कार्यालयमा बोलाई डरधम्की देखाई सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, टङ्गालबाट खटिई गएको टोलीले निज नायब सुब्बा रामकुमार फुयाँलले सेवाग्राहीसँग रू.६०,०००।– (साठी हजार) घुसबापतको रकम लिई जिल्ला काठमाडौं जोरपाटी चोकमा फलफूल पसल गर्ने धुर्व खड्कालाई राख्न दिई केही समय पश्चात निज धुर्व खड्कासँग उक्त घुस बापतको रकम लिदै गर्दाको अवस्थामा निजहरू नायब सुब्बा रामकुमार फुयाँल र फलफुल व्यवसायी धुर्व खड्कालाई जिल्ला काठमाडौं गोकर्णेश्वर नगरपालिका वडा नं.-५ जोरपाटी चोक स्थित सापकोटा मिठाई भण्डारबाट मिति २०७५।१२।०७ गते बेलुकी १८:४५ बजेको समयमा नियन्त्रणमा लिई अनुसन्धान कार्य भइरहेको छ । प्रदीपकुमार कोइराला प्रवक्ता


 

शुक्रबार, ०८ चैत्र २०७५, १२ : २७

प्रतिक्रिया