बैदेशिक रोजगार विभागका कर्मचारीले यसरी लिए घुस

शुक्रबार, ०८ चैत्र २०७५, १२ : ५३

काठमाडौं – वैदेशिक रोजगारीमा गएर पीडित भइ फर्किएका एक व्यक्तिसँग ६० हजार रुपैयाँ घुस लिएको भन्दै अख्तियार दुरपयोग अनुसन्धान आयोगले बैदेशिक रोजगार विभाग, काठमाडौंका नायव सुब्बा रामकुमार फुयाँललाई पक्राउ गरेको छ ।

उनले  बैदेशिक रोजगारको लेनदेनको कागजमा साक्षी बसेका सेवाग्राहीलाई निज विरूद्ध उजुरी परेको र निजको नाममा पक्राउ पुर्जी जारी गरिदिन्छु भनी पटक पटक कार्यालयमा बोलाई डरधम्की देखाई घुस मागेको बताइएको छ ।

सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियारको टोलीले फुयाललाई घुस रकम सहित पक्राउ गरेको हो ।

जोरपाटी चोकमा फलफूल पसल गर्ने धुव्र खड्कालाई राख्न दिई केही समय पश्चात  खड्कासँग उक्त घुस बापतको रकम लिदै गर्दाको अवस्थामा  नायब सुब्बा रामकुमार फुयाँल र फलफुल व्यवसायी खड्कालाई  गोकर्णेश्वर नगरपालिका ५ जोरपाटी चोक स्थित सापकोटा मिठाई भण्डारबाट पक्राउ गरिएको हो । 

शुक्रबार, ०८ चैत्र २०७५, १२ : ५३

प्रतिक्रिया