रुसको एक पेट्रोल पम्पमा विष्फोट, १२ जनाको मृत्यु

मंगलबार, ३० साउन २०८०, ०९ : ४७

काठमाडौं- रुसको एक पेट्रोल पम्पमा विस्फोट हुँदा कम्तिमा १२ जनाको मृत्यु भएको छ । उक्त घटनामा ६० भन्दा बढी घाइते भएका छन् ।

रुसी अधिकारीहरूका अनुसार गएराति दक्षिणी क्षेत्र दागेस्तानमा रहेको पेट्रोल पम्पमा भएको विस्फोटमा ज्यान गुमाउनेमा केही बालबालिका समेत रहेका छन् । ज्यान गुमाउनेको सङ्ख्या २५ जना भन्दा धेरै हुन सक्ने अनुमान गरिएको छ ।

तर आधिकारिक पुष्टि हुन नसकेको बीबीसीले जनाएको छ । आगोमा जलेर गम्भीर घाइते भएकाहरूलाई उपचारका लागि राजधानी मस्को लगिएको छ । विस्फोटबाट पेट्रोल पम्प ध्वस्त भएको छ भने विष्फोटको कारण हालसम्म पनि खुलाइएको छैन ।

विष्फोट भएको क्षेत्र राजधानी मस्कोबाट १६ सय किलोमिटर टाढा पर्दछ । विस्फोट लगत्तै भएको आगलागीबाट सयौँ सवारी साधन पनि नष्ट भएका छन् । दागेस्तानका गभर्नर सर्गेइ मेलिकोभले घटनाको अनुसन्धान भइरहेको भन्दै सर्वसाधारणलाई धैर्य रहन अपील गरेका छन् ।

मंगलबार, ३० साउन २०८०, ०९ : ४७

प्रतिक्रिया