काठमाडौं- अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी अभियानका लागि पैसाको ओइरो लाग्न थालेको छ ।
अहिलेसम्म ट्रम्पको चुनावी अभियानको लागि दुई करोड डलर कोषमा जम्मा भएको छ । ट्रम्पका प्रवक्ताले तीन हप्ताको अवधिमै दुई करोड डलर ९दुई अर्ब ६४ करोड नेपाली रुपैयाँ० कोषमा जम्मा भएको बताएका बीबीसीले जनाएको छ ।
डोनाल्ड ट्रम्पले सन् २०२० को राष्ट्रपतीय चुनावमा हारलाई विजयमा परिणत गर्ने षड्यन्त्र गरेको आरोप लागेको छ । यी आरोपहरूपछि ट्रम्पको चुनावी अभियानका लागि कोषमा जम्मा हुने क्रम झनै बढेको छ ।
गएको शुक्रवार ट्रम्प जर्जियाको काउन्टी जेलमा जानुपरेको थियो र त्यहाँ उनको मुगसट (तस्वी) पनि खिचिएको थियो । ट्रम्पका प्रवक्ताका अनुसार मुगसटपछि चन्दा प्राप्त गर्ने क्रम बढेको छ।एजेन्सीको सहयोगमा ।
प्रतिक्रिया