भारतले कच्चा पेट्रोलियम पदार्थमा कर घटायो नेपालमा प्रभाव कस्तो रहला ?

आइतबार, १७ भदौ २०८०, ०९ : ३५

भारतले आजदेखि लागू हुने गरेर पेट्रोलियमको कच्चा पदार्थमा लाग्दै आइरहेको ‘अतिरिक्त कर’ कटौती गरेको छ ।

इकोनोमिक टाइम्सका अनुसार आज (सेप्टेम्बर २) देखि लागू हुने गरेर भारत सरकारले कच्चा पदार्थको ‘विन्डफल’ अर्थात विशेष कर घटाएको हो। कर कटौती भएसँगै यसअघि प्रतिमेट्रिक टन कच्चा पेट्रोलियममा लाग्दै आएको ७१ सय भारु कर घटेर ६७ सय कायम भएको छ ।

भारत सरकारले शुक्रबार जारी गरेको सूचनाअनुसार डिजेलको निर्यातमा लाग्ने करमा भने वृद्धि गरिएको छ । वित्त मन्त्रालयले जारी गरेका सूचनाअनुसार आज ९शनिबार० देखि भारतीय बजारमा हवाई इन्धनको मूल्य दोब्बरले बढेको छ । यसअघि प्रति २ भारु पर्ने हवाई इन्धनको मूल्य अब ४ भारु पर्ने इकोनोमिक टाइम्सले उल्लेख गरेको छ । भारतले गत वर्षको जुलाई १ देखि अप्रत्यासित रुपमा पेट्रोलियम पदार्थमा लाभ कर लगाएको थियो । 

यससँगै भारत समेत ऊर्जा कम्पनीलाई लाभ कर लगाउने देशको सूचीमा प्रवेश गरेको थियो । भारतले सरकारले पेट्रोलिय पदार्थको कच्चा पदार्थमा लाग्दै आएको कर कटौती गरेसँगै यसबाट नेपाल समेत लाभान्वित बन्न सक्ने देखिएको छ । तर, डिजेलमा लाग्ने निर्यात कर बढ्दा भने ठूलो लाभ नमिल्ने देखिन्छ ।

पछिल्लो पटक नेपाल आयल निगमले पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँ र डिजेल- मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँ बढाएको छ । भारतबाट आउको नयाँ सूचीअनुसार मूल्य समायोजना गर्दै निगमले एलपी ग्यासमा समेत प्रतिसिलिन्डर २३५ रुपैयाँको वृद्धि गरेको छ ।

आइतबार, १७ भदौ २०८०, ०९ : ३५

प्रतिक्रिया