भ्लादिमिर पुटिन र किम जङ अनबीचको भेटले अहिले विव राजनीतिमा ठूलो तरंग ल्याएको छ । उनीहरुबीच धेरै कुरामा समानता छन्।
दुवै त्यति धेरै बाहिर निस्किँदैनन्। क्रेमलिनका नेता पुटिन यो वर्ष देशबाट बाहिर कतै गएका छैनन्। किम झन् चार वर्षदेखि देशबाट बाहिरिएका थिएनन्।
रुस र उत्तर कोरिया दुवैमाथि “अरूसँग घुलमिल नगर्ने देश”को आरोप लाग्दै आएको छ।
दुवैमाथि थुप्रै अन्तर्राष्ट्रिय प्रतिबन्धहरू लाग्दै आएका छन्।
दुवै सरकारहरू संयुक्त राज्य अमेरिकाको “वर्चस्व ”को विरुद्ध लागिपरेका छन्।
शत्रु साझा हुँदा प्रायः त्यसले नेताहरूलाई नजिक ल्याउँछ।
त्यस्तै भएको छ किम र पुटिनका सन्दर्भमा पनि। उनीहरूलाई नजिक ल्याउनुमा अरू कुराको भन्दा पनि निश्चय पनि सन् २०२३ को भूराजनीतिक वास्तविकताको हात रहेको छ।
के यसलाई पुटिन र किमबीचको “भाइ भाइबीचको प्रेम” भन्न सकिन्छ त? त्यसो पक्कै होइन।
अमेरिकाका तत्कालीन राष्ट्रपति डोनल्ड ट्रम्पले कुनै बेला किम जङ अन र आफूबीच “प्रेम परेको” भनेर घोषणा गरेका थिए। तर पुटिन र किमले सार्वजनिक रूपमा एक अर्काको तारिफ गरेको देखिँदैन।
तर पुटिन र किम दुवैले आपसको निकट सम्बन्धबाट हुने सम्भावित फाइदाहरू देखेका छन्।
ुपाउनु धेरै छु
त्यसो भए क्रेमलिनले के पाउनेछ ?
उत्तर कोरियासँग ठूलो स्तरको उत्पादन क्षमता भएको प्रतिरक्षा उद्योग छ।
युक्रेनमा रुसको युद्ध जुन तरिकाले लम्बिँदै गएको छ मस्कोका लागि प्योङयाङ गोला बारुदको महत्त्वपूर्ण मूल्य स्रोत बन्न सक्छ।
क्रेमलिनले पहिला नै यसतर्फ ध्यान दिएको हुनसक्ने अमेरिकालाई शङ्का छ। रुस र उत्तर कोरियाबीच अस्त्रसम्बन्धी वार्ता ूसक्रियतापूर्वक अगाडि बढेकोू र रुसले गोली बारुद र तोपका गोलाहरूको आपूर्ती सुनिश्चित गर्ने कोसिस गरिरहेको अमेरिकाले दाबी गरेको छ।
रुसी अधिकारीहरूले यसबारे पुष्टि गरेका छैनन्। तर रुस र उत्तर कोरिया सैन्य सहकार्य बलियो बनाउने आशयले अघि बढिरहेका छन् भन्ने पर्याप्त सङ्केतहरू छन्।
कोरियाली सङ्घर्ष विरामको ७० औँ वर्षगाँठमा शोइगु उत्तर कोरिया पुगेका थिए। किम जङ अनले त्यति बेला शोइगुलाई हतियार प्रदर्शनी देखाउन लगेका थिए। रुसी रक्षा मन्त्रीले पनि संयुक्त सैन्य अभ्यास गर्न सकिने तर्फ सङ्केत गरेका थिए।
ूयदि उनीहरूले उत्तर कोरियाजस्तो विश्वको एक्लिएको र गरिब अनि कम विकसित देशबाट अस्त्र आपूर्तिको सम्भावना खोजिरहेको हो भने मेरो बुझाइमा त त्यो रुसको ‘महान् शक्ति’को प्रोपोगाण्डाको चरम बेइज्जती हो,ू रुसका पूर्व विदेश मन्त्री आन्द्रेइ कोजिरेफले भनेका छन्। उनी अहिले अमेरिकामा बस्छन् र त्यहाँबाट भिडिओ कलमार्फत उनले यस्तो बताएका हुन्।
ूकुनै पनि ठूलो शक्ति राष्ट्र गठबन्धन गर्न वा सैन्य आपूर्तिका लागि उत्तर कोरिया जाँदैन।ू
साथी कि स्वजन ?
तर विश्व राजनीतिको शक्ति समीकरणमा उथलपुथल ल्याउन चाहने शक्तिले त्यसो गर्न सक्छ। युक्रेनमाथि पूर्ण रूपको आक्रमण गरेर भ्लादिमिर पुटिनले पहिला नै सङ्केत गरिसकेका छन् कि उनी रुसले चाहे अनुसारको विश्व व्यवस्था निर्माण गर्न प्रतिबद्ध छन्।
उत्तर कोरियासँगको उनको सैन्य सहकार्य त्यसकै अर्को सङ्केत हुनसक्छ।
मस्को र प्योङयाङबीच हुनसक्ने हतियार सम्झौताले ठूलै परिवर्तनको प्रतिनिधित्व गर्न सक्छ ।
केहीसमय अघिसम्म उत्तर कोरियाको परमाणु अस्त्र कार्यक्रमका कारण उसमाथि संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषद्ले लगाएको प्रतिबन्धप्रति रुस बलियो रूपमा प्रतिबद्ध रहँदै आएको थियो।
त्यस्तो प्रतिबन्धले उत्तर कोरियासँग हतियार व्यापारमाथि पनि रोक लगाउँछ।
ूमस्कोले सुरक्षा परिषद्का त्यस्ता प्रस्तावहरूमा हस्ताक्षर गरेको थियो,ू रुसको मोस्कोब्स्की कोम्सोमोलेट्स् पत्रिकाले गत साता यसबारे आफ्ना पाठकलाई सम्झाएको थियो। तर उसले थप्दै लेखेको थियोस् ूतर केही छैन। एउटा हस्ताक्षर रद्द गर्न सकिन्छ।ू
रुसको विदेश तथा रक्षा नीति परिषद्का अध्यक्ष फ्योदोर लुक्यानोभलाई उद्धृत गर्दै उक्त पत्रिकाले लेखेको छ, “लामो समयदेखि यो प्रश्न सोधिँदै आएको छस् किन हामी रुसीहरू त्यस्ता प्रतिबन्धहरू पालना गरिरहेका छौँरु अन्तर्राष्ट्रिय सम्बन्धको सिँगो प्रणाली नै अहिले सम्पूर्ण रूपमा गडबडीको अवस्थामा छ।”
“पक्कै पनि राष्ट्र सङ्घको प्रतिबन्ध वैधानिक छन्। यसलाई अस्वीकार गर्न कठिन छ। हामीले त्यसको पक्षमा मत हालेका हौँ। तर अब अवस्था बदलिएको छ। हामी किन हाम्रो मत नउल्टाउनेरु”
किम जङ अनलाई यो कुरा कुनै मिठो सङ्गीत जस्तो लाग्न सक्छ।
सधैँ सँगै ?
उत्तर कोरियाले रुससँग अरू के पाउने आशा राख्न सक्छ ? पक्कै पनि उत्तर कोरियाको खाद्य अभाव पूर्ति गर्न मानवीय सहायताको अपेक्षा गरेको हुन सक्छ। प्योङयाङले परमाणु उर्जा सञ्चालित पनडुब्बी भूउपग्रह र सैन्य प्रयोगका लागि रुसको उन्नत प्रविधि पनि चाहिरहेको अनुमान गरिएको छ।
रुसको डेढ वर्षभन्दा बढी समयदेखि जारी युद्ध नराम्ररी खराब बन्दै गर्दा मस्कोलाई पनि गोला बारूदको भण्डार भर्न आवश्यक भैसकेको हुनसक्छ। र उत्तर कोरियासँग गरिने सम्झौता त्यस्तो उद्देश्य पूरा गर्नका लागि सहयोगी हुने उस्ले देखेको हुनसक्छ। तर त्यसको अर्थ उत्तर कोरियाको मद्दत बिना रुसको युद्ध संयन्त्र एकाएक बन्द हुन्छ भन्ने चाहिँ पक्कै होइन।
“पुटिन व्याकुल छैनन्,” पूर्व विदेश मन्त्री आन्द्रेइ कोजिरेफ ठान्छन्।
“उनी यसलाई निकै लामो समयसम्म टिकाउन सक्छन् र समय अनुसार अनुकुलन गर्न सक्छन्। उनले प्रत्येक दिन जस्तै नै प्रतिबन्धहरूलाई कसरी छल्ने, चीन, उत्तर कोरिया र अफ्रिकाका केही देशहरूसँग कसरी सहकार्य गर्ने भनेर सिकिरहेका छन्। त्यो भविष्यको निम्ति विकल्प होइन। तर वर्तमान समयका लागि भने एक विकल्प हो। र सम्भवतः आउने केही वर्षका लागि पनि।”
बिबिसीबाट
प्रतिक्रिया