काठमाडौँ - हिमालयन टाइम्स मिडिया इन्टरटेनमेन्ट एण्ड टेक मिडियाले आईपीओ निष्कासन गर्ने भएको छ ।
कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव गर्दै आगामी असोज २७ गते प्रथम वार्षिक साधारणसभा बोलाएको छ ।गत असोज ६ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले सर्वसाधारणमा आईपीओ निष्कासनको प्रस्ताव सभामार्फत पारित गर्ने निणर्य गरेको हो ।
सभा डुसुइट प्रिन्सेस होटल लाजिम्पाट,काठमाडौंमा दिउँसो ४ बजे हुनेछ । सभाले आईपीओ निष्कासन प्रस्तावसँगै बोनस सेयर जारी गर्ने र कम्पनीको अधिकृत तथा जारी पूँजी बृद्धि गर्ने प्रस्ताव समेत पारित गर्नेछ ।
साथै सभाले गत आर्थिक वर्ष २०७९र८० को वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरणहरू र चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्तीको विषय पनि पारित गर्नेछ । मिडिया क्षेत्र अन्तरगत यसअघि नेपाल रिपब्लिक मिडिया लिमिटेडले आईपीओ निष्कासन गरिसकेको छ ।
त्यसैगरी कान्तिपुर टेलिभिजन नेटवर्क लिमिटेडले पनि आईपीओ निष्कासन गर्ने तयारी गरिरहेको छ ।
प्रतिक्रिया