नेप्सेमा छायो हरियाली, अन्य उपसुचक कस्तो ?

मंगलबार, ०९ असोज २०८०, १५ : २४

काठमाडौँ- साता कारोबारको तेस्रो दिन मंगलबार नेप्से परिसूचक १८ अंकले बढेर २०२२ को विन्दुमा कायम भएको छ ।

आज ८७ लाख ४ हजार ४७७ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ९ करोड ३८ लाख बराबरको कारोबार भएको छ । १९० कम्पनीको शेयरमूल्य बढ्दा ३९ कम्पनीहरुको घटेको छ ।

मंगलबार नेप्से बढेसँगै १२ उपसूचकमा हरियाली छाएको छ । आज एकमात्र होटल तथा पर्यटन उपसूचक प्रतिशतले घटेको छ । आज हाइड्रोपावर उपसूचक सर्वाधिक ३.०९ प्रतिशतले बढेको छ । त्यस्तै, फाइनान्स उपसूचक १.४४, जीवन बीमा उपसूचक १.२५, माइक्रोफाइनान्स उपसूचक १.१७, इन्भेष्टमेन्ट उपसूचक १.११ प्रतिशतले बढेको छ ।

शेयर बजार बढेसँगै तीन कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आज मेन्छियाम् हाइड्रोपावर, मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर र मोलुङ हाइड्रोपावरको शेयरमूल्यमा सकारात्मक सर्किट लागको छ ।

यसका साथै, आज स्वाभिमान लघुवित्त, घलेमी हाइड्रोसहित कुल १९० कम्पनीको शेयरमूल्य बढेको छ ।

मंगलबार, ०९ असोज २०८०, १५ : २४

प्रतिक्रिया