सेयर कारोबार आजदेखि लगातार ३ दिन बन्द हुने भएको छ । बजार असोज ११ गतेदेखि असोज १३ गतेसम्म बन्द हुने भएको हो ।
असोज ११ गते बिहीबार सार्वजनिक बिदा परेसँगै सेयर कारोबार पनि बन्द हुने भएको हो । सरकारले इन्द्रजात्राको अवसरमा काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिएको हो ।
त्यस्तै, असोज १२ गते र असोज १३ गते शुक्रवार र शनिवार परेको छ । सो दिन सेयर बजार नियमित रूपमा बन्द हुने गरेको छ । यससँगै, बजार अब एकै पटक असोज १४ गते आइतबार मात्रै खुल्ने छ।
प्रतिक्रिया