भूकम्पमा परेर रुकुम पश्चिममा मृत्यु भएकामध्ये २७ जनाको सनाखत

शनिबार, १८ कार्तिक २०८०, ०८ : ३०

रुकुम पश्चिममा भूकम्पमा परी मृत्यु भएका ३६ जनामध्ये २७ जनाको सनाखत भएको छ। आठबिसकोट नगरपालिकाकामा १८ र सानी भेरी गाउँपालिकामा ९ जनाको सनाखत भएको हो। मृत्यु हुनेमा बालबालिकाहरू धेरै छन्।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले सार्वजनिक गरेको विवरण अनुसार आठबिसकोट नगरपालिका १२ साबार्को बस्ने १४ वर्षीय रमेश पुन, सोही ठाउँका १३ वर्षीय डिलबहादुर केसी, वडा नम्बर १४ का ३ वर्षीय बासु बुढा, सोही ठाउँका ३० वर्षीय अमृता जैसी, ५ वर्षीय भावना जैसी, २ वर्षीय दिपेन जैसी, १२ बर्सिया सरिता विक, १३ वर्षीय मदन गौतम, ८३ वर्षीय करे नेपालीको मृत्यु भएको छ।

यसै गरी वडा नम्बर ११ गैरीकी ३५ बर्सिया शिला कामी, १३ बर्सिया सृजना कामी, ९ बर्सिया रिया कामी, ६ बर्सिया दिया कामी, ४ बर्सिया आशा कामी र १८ महिनाकी एलिसा कामीको पनि मृत्यु भएको छ ।

यसै गरी पूर्वी रुकुम घर भई हाल आठबिसकोट नगरपालिका १४ बस्ने कृष्ण जैसीको घरका भाडामा बस्ने पुन निर्माण कम्पनीका गाडी चालक ३० वर्षीय किस्मत पुन मगर, बर्दिया घर भई आठबिसकोट नगरपालिका १४ छेपारेमा बस्दै आएका ४७ वर्षीय सड्क विक र ३६ वर्षीय अनिल विकको पनि भूकम्पमा परी मृत्यु भएको छ ।

यसै गरी रुकुम पश्चिमको सानी भेरी गाउँपालिका २ परियार टोल बस्ने महावीर दमाईकी छोरी १२ बर्सिया मनीषा परियार, वडा नम्बर १ चाइनाबेगरकी ३१ वर्षीय धनवीर पुन, २८ बर्सिया चुम्नामा पुन, ८ वर्षीय यमराज पुन, २ वर्षीय सितम  पुन र १० महिने बालक रेजन वलीको पनि मृत्यु भएको छ ।

यसै गरी सानी भेरी गाउँपालिका ४ बस्ने आठ वर्षीय निर्जल चन्द, २५ वर्षीय शकुन्तला दमाई र ६ वर्षीय कृष्ण परियारको पनि भूकम्पमा परी मृत्यु भएको छ ।

death
 

शनिबार, १८ कार्तिक २०८०, ०८ : ३०

प्रतिक्रिया