जाजरकोट भूकम्प पीडितलाई नेपाली काँग्रेसले ५० लाख दिने निर्णय

शनिबार, १८ कार्तिक २०८०, ११ : ०६

नेपाली काँग्रेसले जाजरकोट भूकम्पको उद्धार, राहत र पुनर्स्थापनाका लागि पार्टीको तर्फबाट तर्फबाट ५० लाख सहयोग गर्ने भएको छ।

जाजरकोटको रामी डाँडा केन्द्रबिन्दु भएर शुक्रवार राति ११ः४७ मा गएको ६.४ म्याग्निच्युडको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिमलगायतका क्षेत्रमा ठूलो सङ्ख्यामा मानवीय क्षति, भौतिक क्षति भएको छ । 

यस घटनाले समस्त नेपालीलाई मर्माहत र दुःखी बनाएको उल्लेख गर्दै काँग्रेसले यस्तो समयमा सरकार, राजनैतिक दलहरू, सङ्घ९संस्था सबै एक भएर विपत्तिको सामना गर्न सबैमा अपिल गरेको छ । शनिवार काँग्रेसका केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति सार्वजनिक गर्दै सहयोगको घोषणा गरेका हुन् ।

‘यस क्रममा भूकम्प पीडितहरूको उद्धार, राहत र पुनर्स्थापनाका लागि नेपाली काँग्रेसले पचास लाख नेपाल सरकारलाई उपलब्ध गराउने निर्णय गरिएको छ’ विज्ञप्तिमा भनिएको छ, ‘स्वदेश र विदेशमा रहेका सबैलाई तन, मन र धनका साथ खुला हृदयले मानवीय सेवाको अभियानमा जुट्न नेपाली काँग्रेस अपिल गर्दछ।’

जाजरकोटमा गएको भूकम्पमा परि ज्यान गुमाउने तथा घाइते भएकाहरुको स्वास्थ्यलाभको कामना गर्दै यति बेला देश तथा विदेशबाट सहयोग सङ्कलन भएको छ भने विभिन्न सङ्घसंस्थाले प्रभावित क्षेत्रमा पुगेर सहयोग गरिरहेका छन् । 
 

शनिबार, १८ कार्तिक २०८०, ११ : ०६

प्रतिक्रिया