काठमाडौँ जाजरकोट भूकम्पमा गम्भीर घाइते भएकाहरुलाई उपचारका लागि काठमाडौं ल्याइने भएको छ । त्यसका लागि काठमाडौंको वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरलाई तयारी अवस्थामा राखिएको छ ।चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का उपकुलपति प्रा। डा भूपेन्द्रकुमार बस्नेतले वीर र ट्रमा सेन्टरमा इमर्जेन्सी, अपरेसन थियटर र आईसीयू तयारी अवस्थामा राखिएको बताए ।
‘काठमाडौंमा पनि घाइते बिरामी ल्याइदै छ भन्ने सूचना प्राप्त भएपछि वीर र ट्रमा पदाधिकारीसहित आकस्मिक बैठक बस्यौँ र तयारी गर्यौं’, डा. बस्नेतले भने, ‘ट्रमा सेन्टरमा आकस्मिक कक्षका ३८ वटा बेड खाली गरेका छौं । चिकित्सकलाई तयारी अवस्थामा राखेका छौं । एम्बुलेन्सहरु विमास्थलमा पठाइसकेका छौं ।’वीर तथा ट्रमा सेन्टरका चिकित्सक र इमर्जेन्सी, ओटी र आईसीयू तयारी अवस्थामा राखिएको बताए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशनमा वीर अस्पतालका ६ जना चिकित्सक जाजरकोट पुगेर काम सुरू गरिसकेका छन् ।वीर अस्पतालबाट डा। खुश्बु झाको नेतृत्वमा गएको चिकित्सक टोलीले जाजरकोट अस्पताल पुगेर काम सुरू गरेको खड्काले बताए ।‘उहाँहरूले एक चरण गम्भीर खालका बिरामीलाई उपचार गरेर भेरी लगायतका अस्पताल रिफर गर्नुभएको रहेछ । त्यहाँको टिमले निर्णयपछि काठमाडौंमा बिरामी पठाउने तयारी रहेको जानकारी प्राप्त भएको छ’, डा। बस्नेतले भने ।
प्रतिक्रिया