राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनकोे एक महिनाको तलब भूकम्प पीडितलाई

आइतबार, १९ कार्तिक २०८०, ०७ : ४५

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले  एक महिनाको आफ्नो तलब भूकम्प पीडित प्रदान गर्ने घोषणा गरेका छन्। उक्त रकम उनले राहत कोषमा जम्मा गर्नेछन्।

जाजरकोट जिल्लाको बार कोट गाउँपालिका वडा नं १ रामिडाँडालाई केन्द्रबिन्दु बनाएर शुक्रवार राती भएको भूकम्पबाट पीडित भएकाको सहायताका लागि सरकारले स्थापना गर्ने राहत कोषमा आफ्नो एक महिनाको तलब प्रदान गर्ने घोषणा गरेका अध्यक्षका प्रेस सल्लाहकार दुर्गाप्रसाद शर्माले जानकारी दिए । 

राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनासँगै  अन्य नेता कार्यकर्ताले समेत आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् , यति बेला भूकम्प पीडितका निमित्त चौतर्फी रूपमा सहयोग आर्थिक भौतिक सहयोग जुटिरहेको छ । 

आइतबार, १९ कार्तिक २०८०, ०७ : ४५

प्रतिक्रिया