बाजुरा जाँदै गरेको जिप डोटीमा दुर्घटना, ४ जनाको घटनास्थलमै मृत्यु

आइतबार, १९ कार्तिक २०८०, ०७ : ५२

बाजुरा जाँदै गरेको ग २ च २७७६ नम्बरको जिप राति २ बजेर २८ मिनेटमा दुर्घटना भएको हो​। बाजुरा गौमूल–४ काँडाकोट का २१ वर्षीय महेश बुढाले चलाएको जिप सडकबाट ५०/६० मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ।

डोटीको शिखर नगरपालिका– ६ अण्यौलमा  ​बोलेरो जिप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ भने बाकी पाँच जना घाइते भएका छन्।

बाजुराको हिमाली गाउँपालिका–५ की २२ वर्षीया राधिका मलाल, छोरी ८ महिनाकी प्रार्थना मलाल, ३२ वर्षीया धनशोभा बुढा र छोरा ६ वर्षीय छोरा कविन्द्र बुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रवक्ता डिएसपी निशान्त श्रीवास्तवले जानकारी दिए। 

जिप खोलामा रहेको र उद्धारमा कठिनाइ भएको प्रहरीले जनाएको छ। जीपमा १० जना सवार थिए। दुर्घटनामा घाइते पाँच जनामध्ये चार जनाको दिपायलस्थित शैलेश्वरी अस्पतालमा उपचार भइरहेको छ।

आइतबार, १९ कार्तिक २०८०, ०७ : ५२

प्रतिक्रिया