अभिभाभूकम्प प्रभावित क्षेत्र जाजरकोट केन्द्रबिन्दु भएर फेरि अर्को भूकम्प गएको छ। बारेकोट गाउँपालिका १ रामीडाँडा केन्द्रबिन्दु भएर आइतबार बिहान २ पटक भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
केन्द्रका अनुसार आइतबार बिहान १ः२२ बजे ४ रेक्टर स्केल र बिहान ४ः५३ बजे ३ः८ रेक्टर स्केलको भूकम्प गएको हो। पटक पटकको भूकम्प र सयौँको सङ्ख्यामा गएको पराकम्पले स्थानीय बासिन्दामा झन् बढी त्रास थपेको छ ।
नेपाल प्रहरीका अनुसार हिजो साझसम्म मानवीय क्षति अपडेटमा जाजरकोटमा १०५ जनाको मृत्यु हुँदा १०५ जना घाइते भएका छन्। यस्तै,रुकुम पश्चिममा मृत्यु ५२, घाइते ८५, दैलेखमा ३० जना घाइते, बैतडीमा घाइते ३०, जुम्लामा ५० जना घाइते र रोल्पामा १० जना घाइतेसहित कुल १५७ जनाको मृत्यु र २०२ जना घाइते भएका छन् ।
प्रतिक्रिया