चन्द्रागिरि हिल्स लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ। चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीले २ करोड १३ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६३.०७ प्रतिशत बढी हो।
गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १ करोड ३१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। आम्दानी बढेसँगै कम्पनीको खुद नाफा बढ्न पुगेको हो । कम्पनीको सञ्चालन आम्दानी २० करोड ६१ लाख रुपैयाँ रहेको छ।
यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १०.५९ प्रतिशत बढी हो। त्यसैगरी, समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी १०.१९ प्रतिशत बढेको छ भने खर्च ५१.५९ प्रतिशत बढेको छ।नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ।
समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी २ रुपैयाँ १६ पैसा बढेर ५ रुपैयाँ ५७ पैसा पुगेको छ। असोज मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ८६ रुपैयाँ ११ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १९१.१३ गुणा रहेको छ।
प्रतिक्रिया