इजरायल र हमासबिच युद्ध विराम भएपछि नेपालले थाल्यो जोशीको रिहाइको लागी पहल

शुक्रबार, ०८ मंसिर २०८०, ०६ : ४९

काठमाडौँ-  इजरायल र हमास समूहबिच युद्ध विराम भएपछि नेपालले विपिन जोशीको रिहाइ पहल थालेको छ । चार दिने युद्ध विराम कै क्रममा जोशीको रिहाइका लागि नेपालले पहल थालेको हो ।  

इजरायलले हमास समूहविरुद्धको युद्ध चार दिनका लागि रोकेको छ । उक्त समयमा अपहरणमा परेका ५० जनालाई रिहा गर्ने सहमति भएको छ । सोही क्रममा जोशीको रिहाइका लागि नेपालले पहल थालेको हो ।  

परराष्ट्रमन्त्री एनपी साउदले नेपालस्थित इजरायली राजदूत हनान गोदेरलाई भेटेर पहिलो चरणमै रिहाइका लागि पहल गरिदिन अनुरोध गरे । बिहीबार मन्त्रालयमा भएको भेटका क्रममा चार दिने युद्ध विरामको क्रममा जोशीको उद्धारका लागि पहल गरिदिन अनुरोध गरेका हुन् । जवाफमा राजदूत गोदेरले इजरायल सरकारले प्राथमिकतामा राखेको बताएका थिए ।

शुक्रबार, ०८ मंसिर २०८०, ०६ : ४९

प्रतिक्रिया