काठमाडौँ । पोखराको सहारा क्लबले यस वर्षको देउसी भैलो कार्यक्रमबाट सङ्कलित रकम जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितलाई प्रदान गरेको छ ।
तिहारमा देउसी खेलेर सङ्कलन भएको रु ५५ हजार पाँच सय ५५ भूकम्प प्रभावितलाई प्रदान गरिएको क्लबका महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिए ।
क्लबले फुटबल एकेडेमी पनि सञ्चालन गर्दै आएको छ । हाल क्लबमा १२ जना बालकलाई आश्रय पाएका छन् । एकेडेमीमा ३० जनालाई शिक्षा, आवाससँगै फुटबल प्रशिक्षणको व्यवस्था गरिएको छ ।
प्रतिक्रिया