पृथ्वीनारायण शाहको सालिक अनावरण गर्न पूर्व राजा झापामा

शनिबार, ०९ मंसिर २०८०, ०९ : ४९

काठमाडौँ । पूर्व राजा ज्ञानेन्द्र शाहले झापामा आज पृथ्वीनारायण शाहको सालिक अनावरण गर्ने कार्यक्रम तय गरिएको छ । त्यसका लागि शाह शुक्रवार अपराह्न काठमाडौँबाट झापा पुगेका छन् ।

झापाबाट केही दिन अघि मात्र काठमाडौँ आइपुगेका व्यवसायी दुर्गा प्रसाईँले काठमाडौँमा बिहीबारबाट राजतन्त्रको पक्षमा तीने दिने प्रदर्शन गरिरहँदा पूर्व राजा भने झापा पुगेका हुन् । पूर्व राजाको झापा भ्रमणलाई सफल बनाउन राष्ट्रिय प्रजातन्त्र पार्टीले तयारी गरेको छ ।

त्यसका लागि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन केही दिनयता झापामै बसेर व्यवस्थापन मिलाइरहेका छन्। झापामा पूर्वराजलाई राप्रपाले मोटरसाइकल र्‍यालीमार्फत बिर्तामोड पुर्‍याउने तयारी गरेको छ । र्‍यालीमा ५ हजार बढी मोटरसाइकल हुने दाबी गरिएको छ ।

शनिवार दिउँसो १२ बजे मेचीनगरबाट र्‍याली प्रारम्भ हुने र १ बजे इकम कलेजमा सालिक अनावरण हुने कार्यक्रम राखिएको राप्रपाले जनाएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता मोहन श्रेष्ठले पूर्वले परिवर्तनको सन्देश दिने बताउँदै मङ्सिर ९ मा राजा र जनता एक ठाउँमा हुने बताए । 

शनिबार, ०९ मंसिर २०८०, ०९ : ४९

प्रतिक्रिया