काठमाडौं विश्वविद्यालयद्वारा नेपालमै पहिलोपटक राष्ट्रिय उपकुलपति सम्मेलन

५ महिना अगाडि

काठमाडौं । नेपालमै पहिलो पटक राष्ट्रिय उपकुलपति सम्मेलन भएको छ । काठमाडौं विश्वविद्यालयका कुलपति प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थितितमा भएको यस सम्मेलनमा नेपालको शिक्षा क्षेत्रसँग आबद्ध शिक्षा सेवीहरूको जमघट भएको छ ।

यस सम्मेलनमा राष्ट्रिय उच्च शिक्षाका प्राज्ञिक एवं नीतिगत तहबाट अन्तर्दृष्टि, विचार तथा सुझावहरू सङ्कलन र आदान प्रदान भएको छ । शिक्षाको अन्तर्राष्ट्रियकरणबाट प्राप्त अवसरको पहिचान तथा सदुपयोग गर्न नेपालको उच्च शिक्षामा प्रगतिशील सुधारका लागिमार्ग प्रशस्त गर्न यसलेसघाउ पु¥याउनेछ त्यसैले यस सम्मेलनको उद्देश्य नैे ‘उच्चशिक्षाका मापदण्डहरूमा एकरूपता र अन्तर्राष्ट्रियकरण’राख्नु रहेको छ । 

सम्मेलन एक दिवसीय रहेको र यस सम्मेलनमा उद्घाटन र समापन सत्र बाहेक चारवटा विषयगत प्रस्तुति रहको थियो । यस सम्मेलनमा प्राज्ञिक तथा नीतिगत तहमा नेतृत्वदायी भूमिकामा रहेका व्यक्तित्वको सहभागिता रहेको छ । त्यसैले यस सम्मेलनले नेपालको उच्च शिक्षाको अन्तर्राष्ट्रियकरण सम्बन्धी राष्ट्रिय साझाधारणा निर्माण गर्न विशेष महत्व राख्ने अपेक्षारहेको करा काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा.डा.भोला थापाले बताए ।

एसोसिएसनअफ इन्डियन युनिभर्सिटीज नर्थ जोनको आगामी फेब्रुअरीमा हुने उक्त सम्मेलनको मूल विषय वस्तु ‘ग्लोबलाइजेसन एन्ड इन्टरनेसनलाइजेसन अफहायर एजुकेसन’ रहनेछ । त्यस सम्मेलनमा अन्तर्राष्ट्रिय सहकार्य र साझेदारीका क्षेत्र, विश्वव्यापी उच्चशिक्षा नीति तथा नियमनका मापदण्डहरूमा एकरूपता, विद्यार्थी आवागमन तथा विविधता जस्ता विषयमा नेपालको अवस्थिति तथा आधिकारिक धारणा प्रस्तुत गरिनेछ । त्यहाँ नेपालका तर्फबाट प्रस्तुत गर्नुपर्ने साझा आधिकारिक धारणाका लागि आजको सम्मेलन फलदायी हुनेछ ।  

अहिले नेपालका विश्वविद्यालयहरूमा नेपाली विद्यार्थीहरूको सङ्ख्या घट्दै गएको भनेर चिन्तित छौं । उच्च शिक्षामा विद्यार्थी सङ्ख्या घटेको भनेर जनमानस पनि चिन्तित छ । तर विश्वविद्यालय अनुदान आयोगले आफ्नो ३०औं बार्षिकोत्सवमा प्रकाश नगरेको तथ्याङ्कअनुसार मुलुकमा विद्यार्थी सङ्ख्या अघिल्लो वर्षको तुलनामा १ लाख १८हजार ६ सय २२ ले बढेर ५ लाख ७९हजार ४ सय ४८पुगेको छ । 

५ महिना अगाडि

प्रतिक्रिया