कोशी प्रदेश सभामा आज प्रतिस्थापन विधेयक पेश

शनिबार, ०९ मंसिर २०८०, १२ : २०

काठमाडौं – कोशी प्रदेश सभा बैठकमा कोशी प्रदेश विनियोजन अध्यादेश २०८० लाई प्रतिस्थापन गर्न बनेको विधेयक प्रदेश सभामा पेश गर्ने तयारी भएको छ ।

एमाले नेतृत्वको तत्कालीन सरकारले ले ल्याएको कोशी प्रदेश विनियोजन अध्यादेश प्रतिस्थापनको तयारी गरेको हो । कोशी प्रदेश सभाको बैठकमा आज कोशी प्रदेश विनियोजन अध्यादेश २०८० लाई प्रतिस्थापन गर्न बनेको विधेयक पेश गर्ने दैनिक कार्यसूची रहेको छ ।

सरकारमा रहेका माओवादी र जसपाले बजेट ल्याउनु भन्दा एक साता अघि सरकारलाई दिएको विश्वासको मत फिर्ता लिएपछि कार्कीले जेठ ३२ मुख्यमन्त्री कार्कीले चालू आर्थिक वर्षका लागि अध्यादेशबाट ३६ अर्ब २४ करोड ३५ लाख १० हजार रुपैयाँको बजेट ल्याएका थिए अध्यादेशबाट बजेट ल्याएका थिए ।

प्रदेशसभा सचिवालयले जारी गरेको दैनिक कार्यसूची अनुसार शनिवारको बैठकमा उक्त विधेयक पेश हुन लागेको हो ।

शनिबार, ०९ मंसिर २०८०, १२ : २०

प्रतिक्रिया