अरिङ्गालको टोकाइले एक जनाको ज्यान लियो

आइतबार, १० मंसिर २०८०, ०८ : ३०

काठमाडौं । इलामको देउमाइ नगरपालिकामा अरिङ्गालले टोकेर एक जनाको ज्यान गएको छ। 

देउमाइ नगरपालिका–९ मादेबुङका ४५ वर्षीय खम्बासिंह पिठा कोटे मगरलाई दुई दिन अघि घर नजिकै बारीमा रहेको रुखमा रहेको अरिङ्गालले टोकेको थियो।
 
उपचारका  लागि झापाको विएण्डसी अस्पताल लगिएको मगरको उपचारकै क्रममा शनिबार बेलुका मृत्यु भएको प्रहरीले जनाएको छ। 

आइतबार, १० मंसिर २०८०, ०८ : ३०

प्रतिक्रिया