किन छिर्दैछन् प्रदेशका गृहमन्त्रीहरु सिंहदरबार ?

मंगलबार, १२ मंसिर २०८०, १२ : ४६

काठमाडौं –संघीयता कमजोर हुन थालेको गुनासो गर्दै आएका  सात वटै प्रदेशका गृहमन्त्रीहरु आज एकै पटक सिंहदरबार जान थालेका छन् । उनीहरु दिउँसो २ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सामुहिक रुपमा जान लागेको बताइएको छ ।

उनीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सामूहिक भेट गरेर साझा विषयको उठान गर्न लागेका हुन् । उनीहरुले प्रधानमन्त्रीसँग प्रदेश प्रहरी र कर्मचारी समायोजनको माग गर्ने स्रोतले बताएको छ । साथै प्रदेशलाई अधिकार सम्पन्न गराउने विषयमा पनि उनीहरुले प्रधानमन्त्रीको ध्यानाकर्षण गर्ने बताइएको छ । 

त्यसपछि उनीहरुले साढे ३ बजे उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग गृह मन्त्रालयमा पुगेर भेटवार्ता गर्ने कार्यक्रम छ ।
 

मंगलबार, १२ मंसिर २०८०, १२ : ४६

प्रतिक्रिया