लुम्बिनी चिनी मिल बिरुद्ध स्थानीयहरू आन्दोलित

मंगलबार, १२ मंसिर २०८०, १४ : २८

काठमाडौँ – सुनवल नगरपालिकामा सञ्चालित लुम्बिनी चिनी मिलको प्रदूषण न्यूनीकरण गर्न माग गर्दै स्थानीयहरू आन्दोलित भएका छन् । लुम्बिनी चिनी मिलको बढ्दो प्रदूषणले स्थानीयको जनस्वास्थ्यमा प्रतिकुल असर पारिरहेकोले उक्त प्रदूषण न्यूनीकरण गर्न मिलसँग माग गर्दै सुनवलवासी आन्दोलित बनेका हुन् ।

वि.सं. २०४६ सालमा सुनवल नगरपालिका वडा १ मा स्थापना भएको लुम्बिनी चिनी मिल २०६२ सालमा निजीकरण भएदेखि झनै प्रदूषणको अवस्था बढ्दै गएको स्थानीयहरू बताउँछन् ।

चिनी मिलले विगत वर्षदेखि नै मिलबाट प्रदूषण न्यूनीकरणका लागि विभिन्न सहमति सम्झौता गरे पनि हालसम्म कार्यान्वयन गरेको छैन । प्रदूषण रोकथामका लागि सङ्घर्ष समितिले पटक पटक मिल र सरोकारवालाहरू सँग समन्वय सहकार्य गरे पनि कुनै सुनुवाइ नभएकाले सङ्घर्ष समिति आन्दोलन थप सशक्त बनाउने जानकारी गराइएको हो ।

मंगलबार, १२ मंसिर २०८०, १४ : २८

प्रतिक्रिया