काठमाडौँ । कार्यालयमा ‘नेपाली सोफा नै प्रयोग गरौँ’ भन्ने अभियान सञ्चालन गर्दै आएको सोफा उत्पादक सङ्घले भूकम्प पीडितलाई आर्थिक सहयोग गरेको छ ।
प्रधानमन्त्री दैवीप्रकोप सहायता कोषमा सोफा उत्पादक सङ्घले एक लाख ४४ हजार ७८० रुपैयाँ सहयोग गरेको छ ।
गत कात्तिक १७ गते जाजरकोटमा गएको भूकम्पबाट पीडित जनताका लागि सङ्घले मङ्गलवार सो सहयोग गरेको सङ्घका अध्यक्ष तारालाल धरेलले जानकारी दिएका छन् ।
प्रतिक्रिया