काठमाडौँ । नाफिजको १४ औँ वार्षिक साधारण सभाको अवसरमा ५ आर्थिक पत्रकार पुरस्कृत भएका छन् । आर्थिक, सहकारी, कृषि र बीमा विषयमा उत्कृष्ट पुरस्कार सम्मानित भएका हुन्।नाफिजले भरत मोहन अधिकारी स्मृति फाउन्डेसनको सहकार्यमा हरेक वर्ष प्रदान गर्दै आएको छ ।
यो वर्ष भरत मोहन अधिकारी नाफिज आर्थिक पत्रकारिता पुरस्कार’बाट अन्नपूर्ण पोस्टका पत्रकार रोविन पौडेल पुरस्कृत भएका छन्। ५० हजार रुपैयाँ राशिको पुरस्कारको बाट भरत मोहन अधिकारी सहकारी पत्रकारिता पुरस्कार विकास न्युज डटकमका सीआर भण्डारीलाई सम्मान गरिएको छ ।
यता निर्जीवन बीमा व्यवसायी संघको सहकार्यमा यसै वर्षदेखि प्रदान गरिएको ५० हजार राशिको ‘निर्जीवन बीमा व्यवसायी संघ – नाफिज बीमा पत्रकारिता पुरस्कार’ बिमा पोस्ट डटकमकी रिना खत्री र अर्थ लगानीकी भिमा पन्थीले संयुक्त रूपमा प्राप्त गरेका छन्।
त्यस्तै ५० हजार राशीकै ‘निर्जीवन बीमा व्यवसायी संघ – नाफिज कृषि पत्रकारिता पुरस्कार’ उकालो डटकमका रितेश त्रिपाठीलाई सम्मान गरिएको छ।
प्रतिक्रिया