काठमाडौं । यति बेला देशमा सबैजसो भू-भागमा चिसोको मात्रा ह्वात्तै बढेको छ । मङ्सिरमा मध्य भागमा पुगिरहँदा चिसोको मात्रा समेत बढ्दो मात्रामा रहेको छ ।
आज आइतबारका दिन बिहानीपख उपत्यकामा यो वर्षकै बढी चिसो बढेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौँको न्यूनतम तापक्रम ७।५ डिग्री सेल्सियस मापन गरिएको छ।
काठमाण्डौं उपत्यकासहित देशभर औसतमा दैनिक एक डिग्री सेल्सियससम्म तापक्रम घट्न थालेको छ। शनिवार न्यूनतम तापक्रम ८.५ डिग्री सेल्सियस थियो। चिसोको कारण बालबालिका तथा बृद्धबृद्धालाई गाह्रो हुने गरेको छ ।
त्यस्तै हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी,गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
राती गण्डकी, लुम्बिनी र कर्णाली लगायत बाग्मती, सुदूर-पश्चिम र कोशी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको छ।
प्रतिक्रिया