कोरियाको उत्पादनमूलक क्षेत्रमा जान आवेदन फारम खुला, कहिलेसम्म दिने आवेदन ?

मंगलबार, १९ मंसिर २०८०, ०७ : ४६

काठमाडौं ।  रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरियन भाषा परीक्षाको आवेदन खुला भएको छ।

 वैदेशिक रोजगार विभागले कोरियाको उत्पादनमुलक क्षेत्रमा कामदार लैजाने प्रयोजनका साथ कोरियन भाषा परीक्षाको लागि आवेदन फारम खुला गरेको हो ।

विभागले आज सूचना जारी गर्दै आगामी पुस २ गतेदेखि ६ गतेसम्म आवेदन खुला गरेको गरेको छ । परीक्षाका लागि आवेदन फारम अनलाइनमार्फत मात्र भर्नुपर्ने सूचनामा उल्लेख छ ।

EPS-suchana

मंगलबार, १९ मंसिर २०८०, ०७ : ४६

प्रतिक्रिया