सूर्योदय वोमी लघुवित्तको संस्थापक सेयर बिक्रीमा , क-कसले खरिद गर्न पाउँछन् ?

मंगलबार, १९ मंसिर २०८०, ०८ : ३०

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ।

लघुवित्तले एनआईसी एशिया बैंक लिमिटेडको स्वामित्वमा रहेको ९७ हजार ३०५ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

उक्त सेयरमा मंसिर १९ गतेदेखि २६ गतसम्म आवेदन दिन सकिने छ । विद्यमान संस्थापकहरू वा जो कोही व्यक्ति कम्पनी, संघ, संस्थाहरुले मिति २०८० साल मंसीर २६ गते कार्यालय समयभित्र अवेदन दिन सक्ने छन् ।

लघुवित्तले विद्यमान संस्थापकलाई यसअघि नै सेयर खरिदका लागि ३५ दिने सूचना जारी गरेको थियो । ३५ दिनभित्र संस्थापक सेयरधनीबाट आवेदन नआएकोले उक्त सेयर अन्य व्यक्तिलाई बिक्री गर्न लागिएको हो ।

बोलपत्र आवेदन फारम एन आई सी एशिया क्यापिटल लिमिटेड, ट्रेड टावर नेपाल, थापाथली – ११ काठमाण्डौबाट प्राप्त गर्न सकिने छ ।
 

मंगलबार, १९ मंसिर २०८०, ०८ : ३०

प्रतिक्रिया