शुक्रवारदेखि बेपत्ता स्वास्थ्यकर्मी मृतावस्थामा भेटिए

मंगलबार, १९ मंसिर २०८०, ०९ : १०

काठमाडौँ । घरबाट बेपत्ता भएको चार दिनपछि सामुदायिक स्वास्थ्य एकाइ  उनापानीमा कार्यरत अहेव अङ्ग फडेरा मृतावस्थामा फेला  परेका छन् । 

हुम्लाको सर्केगाड गाउँपालिका वडा नं ३ उनापानी गाउँका अन्दाजी ५२ वर्षीय फडेराको घरभन्दा आधा घण्टा टाढाको दूरी रहेको पुदाले चौरको भिरबाट लडेर मृत्यु भएको हुनसक्ने स्थानीको आकलन छ । 

फडेरा गत शुक्रवारदेखि बेपत्ता भएको जनाउँदै आफन्तले खोजी तीव्र पारेका थिए । आफन्तले उनीलाई सोमबार दिउँसो मृतावस्थामा फेला पारेका हुन् । मृतक फडेराको घाँटीमा गम्भीर चोट लागेको जनाइएको छ ।

घटनाको थप विवरण बुझ्न र  मुचुल्का गर्नका लागि सर्केगाड प्रहरी चौकीको टोली घटनास्थलमा पुगेको छ ।” मुचुल्कापछि आज बाजुरा जिल्लाको सामुदायिक स्वास्थ्य केन्द्र कोल्टीमा शव परीक्षणका लागि लैजाने प्रहरीको जानकारी छ ।  

मंगलबार, १९ मंसिर २०८०, ०९ : १०

प्रतिक्रिया