माविलुङ्ग इनर्जीले आइपीओ जारी बोलायो साधारण सभा

मंगलबार, १९ मंसिर २०८०, ०९ : ५०

काठमाडौं: माविलुङ्ग इनर्जी लिमिटेडले आइपीओ प्रस्ताव सहित मंसिर २१ गते वार्षिक साधारण सभा गर्ने भएको छ ।

 सभा यस कम्पनीको कार्यालय कुपन्डोल ललितपुरमा बिहान ११ बजे सुरु हुनेछ ।कम्पनीले सभामा आइपीओ निष्कासन गर्ने प्रस्ताव पेश गर्नेछ ।

साथै, आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।

मंगलबार, १९ मंसिर २०८०, ०९ : ५०

प्रतिक्रिया