केपी ओलीले गरे भेरी बबई डाइभर्सनको अनुगमन

मंगलबार, १९ मंसिर २०८०, ११ : ४८

काठमाडौँ – महाकाली(मेची अभियानमा निस्केका नेकपा एमालेका अध्यक्ष  केपी शर्मा ओलीले राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको अनुगमन एवं अवलोकन गरेका छन् । 

 अवलोकनका क्रममा उनले आयोजनाको गुणस्तरमा सम्झौता गर्नु नहुने बताए । उनले काममा केही ढिलाइ भएको बताउँदै काम ढिलो चाँडो सम्पन्न हुने प्रतिबद्धता जनाए । उनले प्रकृति, खोला, जमिनसँगको कारोबार भएकाले काममा कुनै पनि सम्झौता नगरी यथाशीघ्र सम्पन्न गर्नतर्फ ध्यानाकर्षण गराए ।  अध्यक्ष ओलीले गुणस्तरमा गरिने सम्झौताले ठुलो दुर्घटना निम्त्याउने भएकाले कुनै सम्झौता नगर्न आग्रह गरे । 

आयोजनाको टनेलको ब्रेक थ्रु समसयमै भएकोमा सन्तोष व्यक्त गर्दै उनले भने, ‘यो आयोजनाको टनेलको ब्रेक थ्र्रु ै पनि हामीले जति कठिनाइ छ भन्ने ठानेको तर हाम्रो वैदेशिक प्रविधि पनि भयो र वैदेशिक रेलिङ मेसिन पनि भयो । हाम्रा इन्जिनियर र हाम्रा काम गर्ने साथीहरू सबैको प्रयासबाट टनेल ब्रेक थ्रु सयमा भयो । ३ वर्षअघि नै टनेल ब्रेक थ्रु गरिएको हो । यो आयोजना कोभिड पनि ढिला गरेको हो । तर त्यो भन्दा बढी हाम्रो नेपालीहरूको काममा ढिलाइ गर्ने चलन भएको छ । तर यसलाई गति दिनुपर्छ ।  यहाँको कामको गुणस्तरमा कम्परमाइज गर्न मिल्दैन, किनभने यो प्रकृतिसँगको कारोबार छ । यसमा अलिकति मात्रै लापरबाही भयो भने राम्रो हुँदैन ।  
भेरी बबई डाइभर्सनको हालसम्म ३५ प्रतिशत काम सम्पन्न भएको छ । 

मंगलबार, १९ मंसिर २०८०, ११ : ४८

प्रतिक्रिया